वार्षिक साधारण सभा हुने लगायत अन्य सूचनाहरू

Dec 24, 2019

३४औ वार्षिक साधारण सभा सम्बन्धी संशोधित सूचना

सबै प्रादेशिक इकाईहरू गठन भैनसकेको, गणपुरक सङ्ख्या नपुग्ने लगायतका अन्य प्राविधिक कारणले नेपाल केमिकल सोसाइटीको वार्षिक साधारण सभा मिति २०७६ माघ १८ गते सम्पन्न हुन नसकेकोले पूर्व सार्वजनिक सूचनामा उल्लेखित एजेन्डामा निम्न मिति र समयमा वार्षिक साधारण सभा हुने भएकोले सम्पूर्ण सदस्य ज्युहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।
स्थान: वनस्पति विभागको सभा हल, थापाथली, काठमाडौँ
मिति: २०७६ फागुन १०, शनिवार
समय: ९.३० बजे

एजेन्डाहरु:

            क) आर्थिक प्रतिबेदन

            ख) वार्षिक प्रगतिबिवरण

            ग) विधान संसोधन

            घ) भवन निर्माण

अन्य सूचनाहरू

  • नेपाल केमिकल सोसाइटीको विधानलाई समय सापेझ बनाउने उद्देश्यले वर्तमान कार्यसमिति सदस्यहरू श्री देवी भण्डारी र श्री रामदत्त जोशी रहनु भएको एक कार्यदल गठन गर्ने निर्णय भएकोले उक्त कार्यदललाई आवश्यक सल्लाह सुझाव उपलब्ध गराई सहयोग पुराउन सम्पूर्ण सदस्य ज्युहरूलाई हार्दिक अनुरोध गर्दछौ ।

            सम्पर्क श्री देवी भण्डारी (९८५११२६९५५), श्री रामदत्त जोशी (९८५१०२२१८८)

               Email: info@ncs.org.np

  • नेपाल केमिकल सोसाइटीको सदस्यताको लागि पहिला रसिद काटेर हालसम्म पनि सदस्यता प्रमाणपत्र प्राप्त नगर्नु भएका महानुभावहरूले सोसाइटी कोषाध्यक्ष डा विमला सुब्बालाई उक्त रसिदको अर्धकट्टी सहित सम्पर्क राख्नु होला । साथै नयाँ सदस्यताको लागि सोसाइटीमा सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ

        सम्पर्क डा विमला सुब्बा (९८४१५६०३६१),
         Email: info@ncs.org.np

अन्य सम्पर्कको लागि महासचिवलाई सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ ।


डा भानुभक्त न्यौपाने
महासचिव