नेपाल केमिकल सोसाइटीको इकाई (Chapter)

Dec 26, 2019
मितिः २०७६ पुस १०
नेपाल केमिकल सोसाइटीको इकाई (Chapter) गठन सम्वन्धी सूचना
नेपाल केमिकल सोसाइटीको विधान-२०३६ (२०७१ को संसोधन सहित) अनुसार सोसाइटीको कार्यकारिणी परिषद्ले विधानको परिच्छेद–३, दफा ५.३ र परिच्छेद–४ को दफा २१ अनुसार देशका विभिन्न भागहरुमा इकाई खोल्ने निर्णय गरेकोले सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरि इकाई (Chapter) गठन गरि सोसाइटीको कार्यकारी परिषद् समक्ष आवेदन गर्नु हुन सोसाइटीका सदस्य ज्युहरूलाई यो सूचना प्रकाशित गरिएको छ ।
प्रस्तावित इकाईहरू
• नेपाल केमिकल सोसाइटी, १ नं. प्रदेश इकाई, विराटनगर
Nepal Chemical Society, Province No 1 Chapter, Biratnagar
• नेपाल केमिकल सोसाइटी, २ नं. प्रदेश इकाई, जनकपुर
Nepal Chemical Society, Province No 2 Chapter, Janakpur
• नेपाल केमिकल सोसाइटी, ३ नं. प्रदेश इकाई, भरतपुर
Nepal Chemical Society, Province No 3 Chapter, Bharatpur
• नेपाल केमिकल सोसाइटी, गण्डकी प्रदेश इकाई, पोखरा
Nepal Chemical Society, Gandaki Province Chapter, Pokhara
• नेपाल केमिकल सोसाइटी, ५ नं. प्रदेश इकाई, बुटवल
Nepal Chemical Society, Province No 5 Chapter, Butwal
• नेपाल केमिकल सोसाइटी, कर्णाली प्रदेश इकाई, सुर्खेत
Nepal Chemical Society, Karnali Province Chapter, Surkhet
• नेपाल केमिकल सोसाइटी, सूदुरपश्चिम प्रदेश इकाई
Nepal Chemical Society, Sudurpashchim Province Chapter, Mahendranagar
इकाईको कार्यसमिति
उक्त इकाईमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष र ६ सदस्यहरु सम्म रहनेछ । कार्यसमिति ११ सदस्य सम्मको हुने छ ।
इकाई गठन प्रक्रिया
नेपाल केमिकल सोसाइटीको विधान-२०३६ (२०७१ को संसोधन सहित)को परिच्छेद–४ को दफा २१ अनुसार सोसाइटीको उद्देश्य प्राप्तिको लागि इकाई खोल्न चाहेमा त्यस्तो प्रस्तावित इकाईले एउटा तदर्थ समिति गठन गरी कार्यकारिणी परिषद् समक्ष आवेदन गर्नु पर्नेछ । यस्तो आवेदन मिति २०७६ साल माघ ७ गते भित्रमा इमेल मार्फत (info@ncs.org.np ) पढाउन अनुरोध गर्दछौ । इकाई गठन सर्वसम्वत तरिकाले विवादरहित र गैर राजनैतिक किसिमले गर्न अनुरोध गर्दछौ । इकाई गठन गर्दा सम्वन्धित प्रदेशको प्राज्ञिक क्षेत्र, औद्योगिक र सरकारी सेवामा कार्यरत केमिष्टलाई पनि समावेशी सिद्धान्तमा मेल खाने गरि समेटन पनि अनुरोध गर्दछौ । इकाई गठन प्रक्रिया सर्वसम्वत निर्णयबाट हुन नसकेमा निर्वाचन गर्न अनुरोध गर्दछौ । अन्य विस्तृत जानकारीको लागि सोसाइटीको कार्यकारी परिषद सदस्यलाई सम्पर्क राख्नु होला ।
सम्पर्कको लागि कार्यकारी परिषद सदस्यहरू
• नेपाल केमिकल सोसाइटी, विराटनगर
सम्पर्कः श्री गंगावीर राई
• नेपाल केमिकल सोसाइटी, जनकपुर
सम्पर्कः डा बिमला सुब्बा
• नेपाल केमिकल सोसाइटी, भरतपुर
सम्पर्कः श्री खिम प्रसाद पन्थी
• नेपाल केमिकल सोसाइटी, पोखरा
सम्पर्कः डा निरञ्जन पराजुली
• नेपाल केमिकल सोसाइटी, बुटवल
सम्पर्कः डा भानुभक्त न्यौपाने
• नेपाल केमिकल सोसाइटी, सुर्खेत
सम्पर्कः श्री ईश्वर पाठक
• नेपाल केमिकल सोसाइटी, महेन्द्रनगर
सम्पर्कः श्री राम दत्त जोशी